मुकेश काफ्ले भन्छन्, ‘लाेडसेडिङ हटाउने याेजना केपी अाेलीकाे निर्देशनमा मैले बनाएकाे हुँ’

काठमाडाैँ ।  नेपाल विद्यु्त प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले लाेडसेडिङ हटाउने याेजना अाफ्नै भएकाे बताएका छन् ।

एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले एमाले अध्यक्ष केपी ओलीकाे  निर्देशनसँगै लोडसेडिङ अन्त्य गर्ने घोषणाअनुसार अाफ्नो टीमले काम गरेकै कारण लोडसेडिङ अन्त्य भएको दाबी गरे ।

काफ्लेले अाफूले लोडसेडिङ अन्त्यको अाधार बनाएकाे बताए । अाफूले गरेको राम्रो कामको जस अरुले पाएको काफ्लेको भनाई छ । उनले लाेडसेडिङ हटाएकाे जस हालका कार्यकारी निर्देशक कुलमान घिसिङलार्इ मात्र नजाने बताए ।

गत वर्ष लक्ष्मी पूजाकै दिनदेखि लाेडसेडिङ भएकाे छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङकाे कुशल व्यवस्थापन र तत्कालीन प्रधानमन्त्री प्रचण्डसँगै उर्जामन्त्री जनार्दन शर्माकाे निर्देशनमा देश लाेडसेडिङमुक्त हुँदै उज्यालाेतर्फ अघि बढेकाे १ वर्ष पूरा भएकाे छ ।

मुकेश काफ्ले भन्छन्, ‘लाेडसेडिङ हटाउने याेजना केपी अाेलीकाे निर्देशनमा मैले बनाएकाे हुँ’  मुकेश काफ्ले भन्छन्, ‘लाेडसेडिङ हटाउने याेजना केपी अाेलीकाे निर्देशनमा मैले बनाएकाे हुँ’ Reviewed by blogger on Saturday, October 21, 2017 Rating: 5