पाल्पाको तिनाँउ गाउँपालिकाको मस्याम गाउँका किसानहरु बाख्रापालनतर्फ

पाल्पा ।  पाल्पाको ग्रामीण क्षेत्रका कृषकहरुको आम्दानीको बलियो स्रोत र माध्यम बाख्रापालन ब्यवसाय बन्न थालेको छ । कृषकहर परम्परागत स्थानीय बाख्रा तथा विभिन्न नयाँ तथा उन्नत जातका बाख्रा पालन गरी मनग्ये आम्दानी गर्न सफल भएका छन् ।


पाल्पाको तिनाँउ गाउँपालिकाको मस्याम गाउँका किसानहरु जिल्ला पशुसेवा कार्यालयको आर्थिक र प्राविधिक सहयोगमा व्यवसायिक बाख्रा पालन गरी मनग्य आम्दानी लिन सफल भएको हो । परम्परागत स्वरुप र शैलीका खोरमा बाख्रा पाल्दै आएका किसानहरुले यतिखेर आधुनिक खोर निर्माण गरि उन्नतजातको बाख्रापालन ब्यवासायसँगसँगै बाख्राको मलबाट आर्गनिक तरकारी खेती समेत गर्न थालेको छन् । भौगोलिक हिसाबले विकट र भू बनोटको हिसाबले उत्पादन कम हुने जमिनमा बाख्राको मलको प्रयोग गरी व्यवसायिक तरकारी खेती समेत गर्न सफल भएका छन् । व्यवसायिकरुपमा बाख्रापालन गरेका किसानले बार्षिक ३ लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

अन्य पशुभन्दा छिटो उत्पादन लिन सकिने र घरैबाट बिक्रि गर्न सकिने भएकोले बाख्रापालन व्यवसायलाई प्रमुख ब्यवसाय बनाएका किसानहरुले महिलालाई पनि सहभागिता गरी महिलाहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाएका छन् । बाख्रापालनबाट ३ लाख तथा तरकारी खेतीबाट बार्षिक ६० हजार भन्दा बढी आम्दानी गर्ने गरेका किसानहरुको भनाई छ । बजार समेत राम्रो भएका कारण बाख्रा पालन गर्न सहज भएको भएको किसानको भनाई छ ।

जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगका कारण पछिल्लो समय पाल्पा जिल्ला मासुको उत्पादनमा आत्मर्निभर वनेको हो । जिल्लामा भएका किसानलाई पशुपालन र पशुको स्याहार तथा पशुको हेरचाहका लागि प्राविधिक र आर्थिक सहयोगले जिल्लामा पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको जिल्ला पशुसेवा कार्यालय पाल्पाका प्राविधिक शेरबहादुर रानाको भनाई छ ।

व्यवसायिक रुपमा बाख्रापालन गरेका किसानहरु अहिले बाख्रापालन गर्ने पेशामा सन्तुष्ट देखिएका छन् । सम्भावना भएका र जागर चलाएमा यहि देशमा केही गर्न सकिन्छ भन्ने उद्धाहरण बनेका छन् पाल्पाका बाख्रापालक किसान । उनीहरुबाट सबैले सिक्न जरुरी छ ।



पाल्पाको तिनाँउ गाउँपालिकाको मस्याम गाउँका किसानहरु बाख्रापालनतर्फ पाल्पाको तिनाँउ गाउँपालिकाको मस्याम गाउँका किसानहरु बाख्रापालनतर्फ Reviewed by blogger on Thursday, October 12, 2017 Rating: 5