युरिक एसिडबारे वरिष्ठ मुटु तथा बाथरोग विशेषज्ञ डा. विकास सुवेदीकाे टिप्स

डा. विकास सुवेदी- वरिष्ठ मुटु तथा बाथरोग विशेषज्ञ -गौतम बुद्ध इन्टनेशनल कार्डियाक (मुटु) अस्पताल कोटेश्वर-३५ , काठमाण्डौ

० युरिक एसिड के हो ?

 यो एक प्रकार को बाथरोग हो ।

० यो कसरि लाग्छ ?

हामीले खाएको प्रोटिन शरीर भित्र प्युरिन बन्छ र प्युरिनबाट युरिक एसिड बन्छ ।

० युरिक एसिड को लक्ष्यणहरु के के हुन् त?

– जोर्नी दुख्ने  (सानो, ठुलो वा संपुर्ण जोर्नीहरु दुख्नसक्छ ) ।

– ९० % मा खुट्टाको बुढी औलाको जोर्नी दुख्ने, सुन्निने हुनसक्छ ।

– जोर्नी वरिपरी गाँठो बन्न सक्छ; त्यसलाई टोफाई भनिन्छ ।

– कहिले काही मांसपेशी वा छाति पनि दुख्न सक्छ ।

० रक्त परिक्षण के त ?

१. रगतमा युरिक एसिडको जाँच गर्ने ।

२. तोफाईबाट तानेको पानिमा युरिक एसिडको क्रिस्टल हेर्ने, यसलाई माइक्रोस्कोपमा हेर्दा पिनको आकार देखिन्छ ।

० युरिक एसिडलो उपचार नगरेमा के हुन्छ त ?

१. जोर्नी खराब हुन सक्छ ।

२. पत्थर बन्न सक्छ ।

० उपचार के हो ?

१. डकटरको सल्लाह अनुसार औषधि खाने ।

२. खान नहुने कुराहरु :

रातो मासु, अन्डा, च्याउ, गेडागुडी, दाल, पलुंगोको साग, प्रोटिन सप्लिमेन्ट

युरिक एसिडबारे वरिष्ठ मुटु तथा बाथरोग विशेषज्ञ डा. विकास सुवेदीकाे टिप्स युरिक एसिडबारे वरिष्ठ मुटु तथा बाथरोग विशेषज्ञ डा. विकास सुवेदीकाे टिप्स Reviewed by blogger on Saturday, October 21, 2017 Rating: 5